काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले व्यवहारिक प्रयोगको शिक्षाको विषयमा नेपाली पाठ्यक्रम अति कमजोर भएको बताएका छन् ।
गत पुष ३ गते खाना पकाउने ग्यास लिग हुँदा भएको आगलागीबाट जले गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलो पटक प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
उनले विज्ञानले गरेको विकासको प्रयोगको बारेमा हरेकलाई जानकारी गराउँन आवश्यक भएको बताए ।
आफुले भोगेको पीडा र उपचारपछि अवस्थाको अनुभव सुनाउँदै उनले भने ‘ अहिले जलन केस देशभरि फैलिएको छ, हामीले जसरी विज्ञानको विकास ग¥यौ गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा विजुली पुग्यो तर हामीले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा पाठ्य पुस्तकमा पनि राख्न सकेनौं । विश्वमा बच्चाहरु रोड क्रस गर्दा कसरी गर्ने वा ग्यास कसरी बाल्ने, विजुली कसरी बाल्ने भन्ने बारेमा आफ्नो देशको पाठ्यपुस्तकमा पढ्न पाउँछन् । तर हाम्रो विज्ञहरु, आर्थिक ज्ञाताहरु र नीति निर्माताहरु कसैलाई पनि यो कुरामा ध्यान गएन् । ’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *