काठमाडौं । 

लोकसेवा आयोगले राप द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका लागि चार जना उम्मेदवार सिफारिस गरेको छ ।

नेपाल परराष्ट्र सेवाका लागि लिइएको खुल्लाबाट १ जना र आन्तरिक प्रतिष्पर्धाबाट ३ जना गरी चार जना उमेद्धारलाई नियुक्तिका लागि सिफारिस गरेको आयोगल जनाएको छ ।

आन्तरिक प्रतिष्पर्धाका लागि लिखित परीक्षामा छनौट भएका ५ जनामध्ये इन बाष्केट एक्जाम र लिखित परीक्षाको समेत प्राप्तांकको आधारमा क्रमशः जीमसन रुम्दाली राई, विपिन दुवाडी र कृष्णप्रसाद चापागाईँ र खुला प्रतिष्प्रर्धाबाट लिखित परीक्षामा सहभागी ६ जनामध्येबाट अरुणा घिसिङलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको लोकसेवा आयोगले जनाएको छ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.