काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्लाका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
समाजले हुम्ला, जुम्ला, कालीकोट र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको हो । २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने छ ।
छोरी पढाऔ : गरिमा बढाऔँ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट यो छात्रवृत्ति अभियान आरम्भ गरेको हो । पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्दै आएको छ । यससंगै शान्ति समाजले हरेक वर्ष बालिकाहरुलाई प्रदान गर्ने छात्रवृत्ति संख्या १०४ पुगेको छ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *