मलङ्गवा, २५ मङ्सिर : सर्लाहीको सदरमुकाम मलङ्गवामा सोमबार बिहान लागेको बाक्लो हुस्सु । बाक्लो हुस्सु लागेर यहाँको जनजीवन प्रभावित बनेको छ । तस्बिर : विश्वनाथ ठाकुर/रासस

जलेश्वर : चिसो बढेपछि सामुदायिक विद्यालय बन्द भएका छन् । महोत्तरी जिल्लामा चिसो बढेका कारण सामुदायिक विद्यालय बन्द हुन थालेका हुन् ।

चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्न थालिएको हो ।जिल्ला सदरमुकाम जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका सहित पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय धमाधम बन्द गरिएका छन् ।

चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरेको जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले जानकारी दिएका छन् ।बर्खे बिदाबाट कट्टा हुने गरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द गरिएको उनको भनाई छ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.