काठमाडौं : तनहुँको भिमादमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भए संगै १२ जना घाइते भएका छन् । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप भिमाद नगरपालिका–३ सुनाकोट बराथुम्कीस्थित डेढगाउँमा सडकबाट १५० मिटर तल खस्दा घाइते भएका १२ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षका रुमबहादुर बिक र सोही ठाउँका ५५ वर्षका जेमलाल दरैको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाँणले दिएको जानकारी अनुसार घाइतेमध्ये ६ जनालाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ भने ४ जनाको बेलचौतारामा नै उपचार भइरहेको बताइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.