काठमाडौं । खप्तड क्षेत्र पर्यटन विकास तथा ब्यवस्थापन समितिले अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खप्तड क्षेत्र पर्यटन विकास तथा ब्यवस्थापन समितिले यस्तो जानकारी दिएको हो । सम्मेलनमा अध्यक्ष हर्कबहादुर सिंहले जेठ २३ देखि २५ गतेसम्म नेपालको प्रसिद्ध पर्यटकीय गन्तब्यका रुपमा रहेको खप्तडमा प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुन लागेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको विकासका मुख्य आधार पर्यटन विकास भएको बताएका छन् ।
उनले भने ‘सुदूरपश्चिम प्रदेशको विकासको सन्दर्भमा हामी सबै एकै ठाँउमा छौं भन्ने सन्देह हामी काठमाडौंबाट दिँदै छौं । हामीले सुदूपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक पर्यटनका केन्द्रहरु रहेको र सम्भावनाहरु धेरै छन् है भनेर बुझाउन खोजेको हो । त्यसमा हामीले पर्यटनलाई राजेका छौं ।’
‘खप्तड क्षेत्रको विकासमा जुटौ, प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सफल पार्न हातेमालो गरौं ।’ भन्ने नाराका साथ यो सम्मेलन आयोजना गरिने भएको हो ।
सिंहले भने ‘ खप्तड, बडिमालिका, रामारोशन, बूढीनन्दा, बैद्यनाथ, त्रिपुरासुन्दरी, मालिकार्जुन, शैलेश्वरी, उग्रतारालगायत प्रसिद्ध धार्मिक तथा आध्यात्मिक पर्यटनका केन्द्रहरु रहेको सुदूरपश्चिमको देवभूमि हुन् । यी क्षेत्रमा पर्यटन विकास गर्नसके सुदूरपश्चिमको आर्थिक विकासले काँचुली फेर्न सक्ने छ । ’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन हुने सो आध्यात्मिक सम्मेलनमा, उपप्रधानमन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, नेपाल सरकारका मन्त्रीहरु, संघीय संसदका सदस्यहरु, प्रदेशका मन्त्रीहरु, पूर्व मन्त्रीहरु, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, पूर्व सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, निजी क्षेत्रका अगुवाहरु सामाजिक अभियन्ताहरुसहित ५ सयभन्दा बढीको उपस्थिति रहनेछ ।

 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *