खोटाङ। खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल गम्भीर घाइते भएका हुन् । 

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

जिल्ला अस्पतालमा एक्सरे सेवा बन्द भएका कारण घाइतेलाई दिक्तेलकै फेमिली केयर अस्पतालमा लगिएको थियो । फेमिली केयरले रेफर गरेका घाइतेलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । घाइतेको दाहिने हातमा पनि समस्या देखिएको छ । 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *