काठमाडौं : सन्दीप लामिछानेको सजाय आज तोकिदै छ। यता लामिछाने जिल्ला अदालतको फैसला चित्तबाुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आजलाई पेसी तोकिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.