काठमाडौं । चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरीत भर्ना प्रक्रिया अगाडि सारेकोे भन्दै चिकित्सा शास्त्र अध्ययनरत विद्यार्थीहरूले शान्तिपूर्ण विरोध कार्यक्रम गरेका छन् ।
काठमाडौंको माईतीघर मण्डलामा सर्वाेच्च अदालतको आदेश अवज्ञा, एम्डी, एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना गरेको भन्दै उनीहरु विगत २९ दिनदेखि शान्तिपूर्ण धर्नामा रहेका छन् ।
यस्तै धर्नामा सहभागी चिकित्सकहरुले योग्यताक्रम नमिचिने गरि भर्नाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेकाहरुले यसबाट केही प्रतिक्रिया नआए आमरण अनसनमा तयारी रहेको बताए ।
चिकित्सकहरुले भने, योग्यता मिचेर विद्यार्थीहरु भर्ना लिएको देखेपछि सर्वोच्च अदालतमा गएका थियौ, योग्यताक्रम नमिचिने गरि भर्ना दिने आदेश आइसक्ला पनि त्यसको पालना नभएपछि हामी २९ दिनदेखि शान्तिपूर्ण धर्नामा छौ । हामी न्यायको लागि बसेका हौ, हाम्रो माग पूरा नभएसम्म हामी पछि हट्दैनौ, यसरी भएन भने हामी आमरण अनसन बस्ने तयारीमा छौ । ’
चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले ल्याएको व्यवस्थाले नेपालमा नै केही गरौं, देशको सेवा गरौं भनेर बसेकाहरुलाई निरुत्साहित पार्ने काम गरेको भन्दै समस्या समाधानको माग गर्दै आन्दोलित भएको बताए ।
उनीहरुले प्रधानमन्त्री सचिवालय, विभिन्न सरोकारवाला निकाय र शिक्षा आयोगमा अपील गर्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलनमा रहने बताए ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *