काठमाडौं । अमेरिकाको टेक्सस डलासमा आयोजना हुने ११ औं नेफ्टा फिल्म अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन घोषणाको कार्यक्रम सुरु भएको छ ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार २०७९ मा प्रदर्शनमा आएका चलचित्र मध्ये सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्न कार्यक्रम गरिएको हो ।
होटल सोल्टी क्राउन प्लाजामा आज दिउँसो १ः३० बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमा कार्यक्रम सुरु भएको हो ।
नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै चलचित्रकर्मीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले नेफ्टा अवार्ड गर्न लागिएको अवार्डको आयोजक युस खबर मिडिया नेटवर्कका संचालक तथा सम्पादक ओम आचार्यले बताए ।
यसअघि नेफ्टाका विदेशी संस्करणहरू यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेका छन् । अमेरिकी संस्करणका लागि यूएस खबरसहित फेम नेपाल एलएलसी, आर एस ग्लोवल फाउण्डेसन र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् । घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण युएस खबरसंगै प्राईमटाईम टेलिभिजनले गर्नेछ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *