शिखर डेली, काठमाडौं ।

पत्रकार विष्णु रैगाईं नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको सचिवालय सदस्यमा मनोनति भएका छन् । शनिबार बसेको संगठनको केन्द्रीय कमिटी बैठकले पत्रकार रैगाईंलाई केन्द्रीय कमिटी समस्यमा समेत मनोनीत गरेको महासचिव रामकुमार एलनले जानकारी दिए ।

पत्रकार रैगाईंसहित २२ जना पत्रकारलाई सचिवालय सदस्य मनोनीत गरिएको उनले बताए । रैगाईं झण्डै एक दशकदेखि पत्रकारितामा आबद्ध छन् । उनले विभिन्न रेडियो, अनलाइन, छापा र टेलिभिजनको समेत अनुभव हासिल गरेका छन् ।

नेपाल समाचारपत्र दैनिकको पूर्वअनलाइन ब्यूरो संयोजक रहेका रैगाईं नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको कार्यक्रम पूर्वाधार परिवेशका सह निर्देशकका रुपमा समेत कार्यरत थिए ।

हाल राजधानी लाइभ डटकमको कार्यकारी सम्पादक रहेको रैगाईं तत्कालीन शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीका प्रेस संयोजक समेत हुन् । राजनीति, पर्यटन र पूर्वाधार क्षेत्रमा विशेष दखल राख्ने युवा पत्रकार रैगाईं खोजी रिपोर्टिङमा समेत विशेष चासो राख्दछन् ।

समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय सदस्य ररहेका उनी प्रथम महाधिवेशनमा केन्द्रीय सचिव पदका आकांक्षी थिए । यद्यपि निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *