काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पाठ्य पुस्तक समयमै पु¥याउनु पर्ने सम्बन्धमा मन्त्रालयले निर्देशन अनुसार काम गरेको बताएका छन् ।
शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले पाठ्य पुस्तकको विषयमा विगतमा जस्तो गुनासो नरहेको भन्दै कुनै पनि खालको कमी कमजोरी भएको छ भने निर्देशनको अपेक्षा राखेको बताए ।
उनले भने, शैक्षिक सत्र २०८० मा सामुदायिक विद्यालयहरुमा पाठ्य पुस्तक समयमै पु¥याउनु पर्छ भन्ने सम्बन्धमा समितिको निर्देशनलाई मन्त्रालयले आत्मसाथ गरेर काम गरेको छ । विगतमा जस्तो गुनासो नरहेको अवस्था छ । अब कुनै किसिमको कमी छ भने निर्देशनको अपेक्षा राख्दछौ । यसमा हामीले गाँउपालिका महासंघ, नगरपालिका संघ र जिल्ला विकास समन्वय समिति महासंघ साग पनि सहकार्य गरेका थियौ । ’
मन्त्री राईले शिक्षा ऐन अहिले सबैको चासोको विषय भएको भन्दै यसको प्रक्रिया सरकार परिवर्तन भएको कारण फिर्ता आएको हुनाले केही समयमा पारित हुने अठोटका साथ अघि बढेका बताए ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पनि प्रधानमन्त्रीले शिक्षा ऐनलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको भन्दै ऐन चाँडै आउने विश्वास व्यक्त गरे ।
उनले सबै स्थानमा पुस्तक पुगेको भन्दै नपुगेको स्थानबाट सूचना प्राप्त भए अनुसार काम भएको बताए ।
उनले भने, शिक्षा ऐनको विषय प्रधानमन्त्रीले प्राथमिकतामा राखेर काम गरेको छ, यसलाई कानून मन्त्रालयबाट छिट्टै पारित गर्ने अपेक्षा गरेका छौ । सबै स्थानमा पाठ्यक्रम समयमै पुगेको छ । ५ ८ १० मा नयाँ पाठ्य पुस्तक बनाईएको छ । यसपछि कसैले पाठ्य पुस्तक प्राप्त गर्न नसक्ने हो भने हामीले सूचना जारी गरेका छौ, हामीलाइ सूचना दिएको २ दिनभित्र हामीले त्यसको व्यवस्था गर्ने भनेका छौ । यसको बारेमा यस्तै काम भईरहेको छ । ’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *