काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले खहरे व्यवस्थापनको लागि कति बच्चाको मृत्यु कुरिरहेको छ ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन्
सोमवार प्रतिनिधि सभाको बैठकमा उनले काठमाडौंको पेप्सीकोलामा रहेको खहरे खोलाको व्यवस्थापन नहुँदा मानिसहरुको ज्यान समेत जाने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन् ‘काठमाडौंको पेप्सीकोलाको वर्षातको समय आउँनै लाग्यो मलाई पहिलेको याद आउछ बाटोमा हिड्दा कम्मरसम्म पानि आउँछ मानिस ,बच्चा बगाउँछ । घट्ना घट्दा सरकार संवेदनशील भएको देखिन्छ तर व्यवहारमा त्यो देखिन । त्यति बाटो बन्न ढल र खहरे व्यवस्थापनको लागि सरकारले कति जना बच्चाको मृत्यु कुरिरहेको छ ? ।’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *