बाजुरा: बाजुराबाट सेनाको हेलिकप्टर मार्फत एक गर्भवतीको उद्धार गरिएको छ। जिल्लान अस्पताल बाजुरामा सुत्केरी गराउन नसके्पछी ती महिलालाई नेपाली सेनामको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।

बडिमालिका नगरपालिका ६ की ३१ बर्षकी सिमा बडुवालको उद्धार गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामा सुत्केरी गराउन नसक्ने भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला अस्पताल बाजुराका अस्पताल नर्शिङ निरिक्षक निशा रोकायाले जानकारी दिएकी छन् ।

गर्भवती महिलाको बच्चाको टाउको उल्टो फर्किएर पाठेघरमा अट्किएकोले अपरेशन गर्नुपर्ने भएकोले एनएसथेसिया तालिममा गएका कारण जिल्ला अस्पतालमा उपचार हुन नसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
गर्भवती महिलालाई नेपाली सेनाको एन ए०४५ नम्मरको हेलिकप्टर मार्फत उद्धार गरिएको दुर्गाभन्जन गुल्मका गुल्मपती धर्मेन्द्र बहादुर सिंहले बताएका छन ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.