काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मनव जातिको कल्याणका लागि शाक्यमुनि सिदार्थ गौतमले गरेको त्याग, लिएको विचार र अभ्यास नेपालीहरुको लागि विशेष ऐतिहासिक गौरव रहेको बताएका छन् ।
शुक्रवार २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धको त्याग, विचार र उनले गरेको अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवको विषय भएको उल्लेख गरे ।
‘मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन् । आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ ।’ उनले भने ।
पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्धले सबैभन्दा कठोर तपस्याबाट बोधीज्ञान पाएकाले नै उनको विचार र दर्शन कालजयी रहेको दाहालको भनाई छ ।
‘नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धको विचार विश्वभरि
सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् ।’
प्रधानमन्त्री दाहालले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *