बिदेश : भारतमा निसास्सिएर पाँच बालबालिकाको ज्यान गएको छ। भारतको उत्तर प्रदेशमा निसास्सिएर पाँच बालबालिकाको ज्यान गएको हो ।

अमरोहा जिल्लाको एउटा गाउँमा गएराति निसास्सिएर उनीहरूको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।मृत्यु हुनेमा दुई बालक र तीन बालिका रहेका छन्। समाचारमा जनाइएअनुसार कोठामा कोइला बालिएको थियो । एउटै कोठामा सात जना सुतिरहेका थिए।कोठामा अक्सिजनको अभाव भएर उनीहरूको मृत्यु भएको अनुमान छ । दुई जनालाई उपचारका लागि अस्पताल लगिएको समाचारमा उल्लेख छ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.