काठमाडौं ।

उपप्रधान एवं भौतिक तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंका सडकको अवस्थाबारे निरीक्षण गरेका छन् । उनले काठमाडौंका लैनचौर लाजिम्पाट सोह्र खुट्टे लगायतका सडकमा निरीक्षण गरेका हुन् ।

अनुगमनका क्रममा सडकमा रहेका खाल्डाखुल्डी, विद्युतीय प्राधिकरणका अव्यवस्थित क्याबिनेट तथा सडकमा मेलम्ची खानेपानी आयोजनाका कारण भएको हिलोलाई तत्काल व्यवस्थापन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए । उनले सडकका कारण जनतालाई सास्ती भएको गुनासो आएकाले उक्त समस्या समाधानमा ढिलाइ नगर्न समेत निर्देशन दिए । 

विभिन्न आयोजनाहरूको ठेक्का लिएर समयमै काम नसकेको आरोप लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीलाई पनि कारबाही गर्नुहुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा काममा अनियमितता गर्ने जोसुकैलाई कारबाही गरिने उल्लेख गरेका छन् । 
यद्यपि प्रधानमन्त्रीलाई यस्ता विषयमा अनावश्यक नजोड्न आग्रह गर्दै उनले भने, ‘कसको दाइ, कसको भाई, को कसको भन्ने जान्दैनौं, समयमा काम नसक्ने र अनियमितता गर्ने जोसुकै कारबाहीको दायरामा आउँछन् ।’ 

निरीक्षणमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रालयका अधिकारीहरूसहित काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूको समेत सहभागिता थियो । 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *