काठमाडौ, १८ पुस । आज पुस १८ गते बुधबार महालक्ष्मी विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ ।

उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कम्पनीले बिहीबार पुस १९ गते बुक क्लोज गर्दैछन् । तसर्थ, पुस १८ गतेसम्म कम्पनीमा रहेका सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन् ।
 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.