काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाका लागि गरिएको लागनी भविष्यको लगानीका रूपमा हेरिनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको महिला नेतृत्व शिखर सम्मेलन २०२३ को उद्घाटनमा प्रधानमन्त्री दाहालले सृष्टिकै शक्ति भएको हुँदा नारी संस्कृति र एकताको रहेको बताए । राज्यले महिला र बालिकामा लगानी बढाउनु पर्ने उनको भनाई छ ।
उनले भने ‘राज्यले महिला र बालिकामा लगानीको स्तर पर्याप्त छ÷छैन गम्भीरतापूर्वक अध्ययन गर्न जारी छ । नारी सृष्टिको शक्ति हो । यो रचना, संस्कृति र एकताको आधार हो । महिला माथिको लगानीलाई भविष्यको लगानीका रूपमा हेरिनुपर्छ । यो लगानी विकास र समृद्धिको लागि हो । न्याय, शान्तिपूर्ण समाज निर्माणका लागि हो ।’
प्रधानमन्त्री दाहालले महिलाको नेतृत्वले न्यायपूर्ण समाज निर्माण गर्न सक्ने दाबी गरे । राजनीतिदेखि व्यापार, जलवायु परिवर्तनदेखि सार्वजनिक सेवा र सुशासनसम्मका क्षेत्रमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक रहेको उनको भनाई छ ।
उनले भने ‘राजनीतिदेखि व्यापारसम्म र स्वास्थ्य सेवादेखि शिक्षासम्म महिलाको नेतृत्वदायी भूमिका हुनुपर्छ । जलवायु परिवर्तनदेखि सार्वजनिक सेवा र सुशासनसम्मका क्षेत्रमा पनि महिलाको नेतृत्व आवश्यक छ । नेतृत्वमा महिला हुँदा मात्रै हामी समान र न्यायपूर्ण समाज निर्माण गर्न सक्षम हुनेछौं ।’
प्रधाानमन्त्री प्रचण्डले राजनीति र नीतिमा महिलाको बढ्दो सहभागिताले परिवर्तनलाई अगाडि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । महिलाको पहुँचले उनीहरुको जीवनशैलीमा गुणात्मक परिवर्तन ल्याउन सक्ने उनको भनाई छ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *