काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भई गत बैशाख २७ गते निधन भएका जिउँदो शहीद मुकेश कायस्थको योगदानको भावि पुस्ताले सम्झना गरिरहने बताएका छन् ।
राष्ट्रपति पौडेलले मुकेश कायस्थको परिवारजनलाई शोक सन्देश पठाउँदै मुकेश जस्ता योद्दाहरुको कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र उनको योगदान भावी पुस्ताले पनि सम्झिने बताएका छन् ।
राष्ट्रपति पौडेलको सन्देश लिएर उनका प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अबज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले मुकेशको घर बनेपा पुगेका थिए । उनीहरुले शोक सन्देश परिवारजनलाई हस्तान्तरण गर्दै मुकेशको निधनप्रति राष्ट्रपतिको तर्फबाट दुःख ब्यक्त गरेका थिए ।
त्यस्तै बगमती प्रदेशका खनेपानी, सिंचाइ तथा उर्जा मन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताए ।
सो अवसरमा बनेपा नगरपालिका प्रमुख शन्तिरत्न शाक्यले राष्ट्रपति मार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई शहीद घोषणा माग गरिएको माग पत्रराष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेललाई हस्तान्तरण गरेका थिए ।
दोस्रो जनआन्दोलनमा घाइते भएका बनेपाका मुकेश कायस्थको बैशाख २७ गते बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ बर्ष १ महिना अचेत अवस्थामा रहेका थिए ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *