काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक र जनतासामू देखिएका अहिलेका सबैखाले चूनौतिहरुको समाधान गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो तेश्रो प्रधानमन्त्रीय कालमा मुलुक र जनतासामू देखिएका अहिलेका सबैखाले चूनौतिहरुको समाधान गरिने बताउनुभएको हो । प्रधानमन्त्री दाहालले देश अहिले आर्थिक रुपले अप्ठ्यारो अवस्थामा गुज्रिएको टिप्पणी गर्दै कुरा हेर्दा सुधार भएको अनुभव भएको बताउनुभयो । प्रधानमन्त्रीको हैसियतमा अर्थमन्त्रालय, राष्ट्र बैंकका गभर्नसँग पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मुलुकका सामू समस्या भएपनि अब सबैले मिलेर समाधान गरिने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा बिभिन्न सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो ।

 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *