कञ्चनपुरः मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको बताइएको छ। भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.