काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अहिले गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ।
आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राती कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य मौसम बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने पनि महाशाखाले उल्लेख गरेको छ ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *