काठमाडौं । सांसद प्रेम आलेले राजश्व चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तुत हुनु पर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभामा भएको छलफलमा आफ्नो धारणा राख्दै सांसद आलेले राजश्व चुहावट नरोकिए देश टाट पल्टिने अवस्था आउने चेतावनी दिए ।
उनले भने ‘ राजस्व नियन्त्रण चुहावटविरुद्ध सरकार निर्मम भएर प्रस्तृत हुनुपर्ने देखिन्छ । नत्र व्यापारी पोसाउने,मोटाउने र राज्य गम्भीर आर्थिक संकटमा पसेर देश टाट पल्टिने अवस्था आउँछ । म मन्त्री हुँदा सरकारको क्यासिनोबाट १ अरव ५ करोड रुपैंया राजस्व कडाईका साथ संकलन भएको थियो । पछि पटक पटक ताकेता गर्दा पनि वास्ता भएन किन भने निर्वाचनकको बेला चन्दा दिने र नेताबाट आर्शीवाद पाएका कारणले गर्दा उनीहरुले राज्यको जति राजस्व दोहन गरे पनि हुने भन्ने खालको चलन थियो ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *