काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले विद्युतीय सवारी साधनमा राज्यले लगाउने कर नबढाउन माग गरेकी छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले बिभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल भइहरेको चर्चा चलेको चर्चा गरिन । उनले विद्युतीय सवारीको कर बढाउने चेष्टा गर्दै नगर्न अर्थमन्त्री र ऊर्जामन्त्रीको ध्यानाकर्षण गराइन् ।
उनले भनिन् ‘विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा विद्युतीय सवारीको कर बढाउन चलखेल हुँदै छ भन्ने कुरा गाँइगुँइ सुनिँदै छ । करको दर बढाउने हो भने यो सम्भव हुने छैन,वातावरणीय संरक्षणलाई पनि यसले उत्तिकै टेवा पु¥याउँछ भन्ने कुरामा हामी सचेत हुनैपर्छ । त्यसैले बजेटलाई अन्तिम रुप दिँदै गर्दा अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु कि सके विद्युतीय सवारीको अहिलेको कर घटाइयोस् तर बढाउने चेष्टा गर्दै नगरियोस् ।’
सांसद गौतमले देशको जलवायु संकटलाई मध्यनजर गरेर पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने योजना बजेटमा राख्न पनि आग्रह गरिन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *