काठमाडौं । जनता समाजवादी पार्टीका (जसपा) अध्यक्ष उपेन्द्र्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धुमिल भैरहेको बताएका छन् ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिहरुबाट नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको गम्भीर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा राखे ।
उनले भने,‘केहीलाई गिरफ्तारी गरेको तथा केहीको वारेन्टको कुरो छ । छानबिनबाट दोषी ठहरिएकाहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ ,यसले नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा समेत धुमिल भइरहेको छ।’
त्यस्तै,उनले कोशी प्रदेशको नागरिकहरुलाई पहिचानसहितको प्रदेश नामामकरण गरेर सरकारले आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण पनि गराए ।
कोशी प्रदेशवासीको आन्दोलनलाई मजाक बनाउन नहुने बताउँदै उनले भने,‘जनताको भावनाको कदर गर्नु पर्छ यसमा राज्यले कदापि ढिलाई गर्नु हुँदैन, आन्दोलनको सम्बोधन नभए यो आन्दोलन भयंकर रुप लिन सक्ने सम्भावना छ।’
उनले पहिचानवादीको जायज मागको बेलैमा सम्बोधन नगरे त्यसले राज्यलाईनै कमजोर बनाउने तर्फ सचेत हुन सरकारलाई आग्रह समेत गरेका छन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *