काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कार्वाहीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् ।
बुधबार प्रतिनिधिको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण राज्य विरुद्धको अपराध भएकाले यसको कार्वाहीबारे संसदलाई जानकारी गराउँन माग गरेका हुन् । उनले यस प्रकरणमा संलग्न हुनेलाई छुट दिने कुरा सरकारले कल्पना समेत गर्न नहुने टिप्पणी गरे ।
उनले भने,‘ नक्कली भुटानी शरणार्थी काण्ड केवल आर्थिक भ्रष्टाचार मात्र नभएर राज्य विरुद्धको अपराध संगठित अपराध हो । यो जघन्य अपराध हो । यसमा संलग्न कसैलाई पनि छुट दिने बिषय कल्पना नै नगरौं । बाहिर अनेकथरी चर्चा भइरहेका छन् । शीर्ष नेताहरुको बैठकलाई समेत आम जनसमुदायले शंकाको दृष्टिले हेरिरहेका छन् । गलत मनसाय छैन भन्ने प्रष्ट पार्न पनि सरकारले अहिलेसम्म गरेका कारर्वाही संसदलाई जनकारी गराउनुर्छ ।’
यस्ता घटनामा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए । शरणार्थी अनुसन्धान प्रकृया अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने बिषय गलत रहेको धारणाले उनले संसदमा राखे ।
उनले भने,‘नक्कली शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान नगरेर अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका छन् । यस्तो गल्ती नहोस् ।’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *