काठमाडौँ । पूर्व अर्थमन्त्री तथा सांसद विष्णु पौडेलले आर्थिक रुपमा मूलुक मन्दीमा गएको विषय सरकारले जनतासंग लुकाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा भएको प्रि बजेटको छलफलमा उनले कुल ग्रार्हस्थ उत्पादनको ऋणात्मक मूल्यले मूलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुरा पुष्टि गर्ने भन्दै सरकारले यो सूचना जनतासंग लुकाएको बताएका हुन् ।
उनले जनतामा त्रास आउने डरले देशको आर्थिक स्थिति मन्दीमा गएकोबारे सरकारले सूचना लुकाउँदा त्यसले जनताप्रतिको अविश्वास पैदा तर्क गरे ।
उनले भने ‘अघिल्लो आर्थिक वर्षका लगातारका दुई त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकको कुलग्रार्हस्थ उत्पादनको ऋृणातत्मक मूल्यले मूलुक आर्थिक मन्दीमा गएको छ भन्ने कुराको पुष्टि गर्छ । आर्थिक रुपमा मूलुक मन्दीमा गयो भन्ने सच्याईलाई जनताहरुमा जस्ताको त्यस्तै पु¥याए त्रास पैदा हुन्छ भनेर लुकाएको सुन्छु । यो जनता प्रतिको अविश्वास हुन्छ। त्यसैले जस्ताको त्यस्तै समाजको अगाडि प्रस्तुत गर्नुपर्छ ।’
उनले देशले लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गरिएको भन्दै यस्ले देशको आर्थिक अवस्था झनै गम्भीर रहेको बताए । अघिल्लो वर्षको तुलनामा आजको मितिसम्म अहिले १३ प्रतिशतले कम राजस्व उठेको पनि उनले जानकारी दिए ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *