काठमाडौं । कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले विश्वविद्यालय खोल्ने बिषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको बताएका छन् ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा धारण राख्दै उनले रैथाने विश्वविद्यालय विश्वविद्यालय नै नभएको टिप्पणी गरे ।
उनले भने,‘विश्वविद्यालय स्थापना गर्ने बिषयलाई सरकारले प्राथमिक विद्यालय खोल्ने जस्तो ढंगले बुझेको छ । यो अत्यन्त दुखद् बिषय हो । किनभने विश्वविद्यालय भनेको विश्वविद्यालय नै हो । कहिलेकाहीँ हाम्रा मन्त्रीहरुले यहाँका विश्वविद्यालयलाई रैथाने भन्ने गर्छन् । तर, रैथाने विश्वविद्यालय नै हुँदैन ।’

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *