काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा चलिरहेको चुरिफूरि कति समय लम्बिने हो भन्दै आशंका व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शरणार्थी प्रकरणको छानविन सूचीमा प्रहरी प्रमुखसमेत थपिएको भन्दै यो घटनाको छानबिन कति समय चल्ने थाहा नभएको टिप्पणी गरे ।
उनले भने, नक्कली शरणार्थी प्रकरणमा छानबिन हुनुपर्ने सूचीमा प्रहरी प्रमुखसमेत थपिएको दुःखद आरोप छ । कानुनको लामो हातबाट कोही भाग्न सक्ने छैन् । दण्डहिनताको यो निक्रिष्ट चुरिफूरि, यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौ । ’
उनले तनहुँ १ मा हावाहुरिका कारण भएको जनधनको क्षतिप्रति राज्यबाट प्राप्त हुने क्षतिपूर्ति अपर्याप्त भएको भन्दै ध्यानाकर्षण पनि गराएका छन् ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *