काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसद सुमना श्रेष्ठले सांसद विकास कोषमार्फत पैसा वितरण कार्य रोक्नुपर्ने माग गरेकी छिन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद श्रेष्ठले २०७६ सालयता मात्र १७ अर्ब रुपैयाँ वितरण भएकाले अब सांसद विकास कोष बन्द गर्नुपर्ने बताइन् । यो नीतिगत भ्रष्टाचार नै भएको उनको तर्क छ ।
उनले भनिन‘ सांसद विकास कोष ब्युँताउनु नीतिगत भ्रष्टाचार हुने भएकाले यसलाई रोक्नुपर्छ । विकास कोषको विपक्षमा रास्वपा छ । सांसद विकास कोष ब्युँताउन हुँदैन् । १ जेठमा नक्कली भुटानी प्रकरणसहितको विषयलाई लिएर मैले दर्ता गरेको संकल्प प्रस्ताव टेबुल नहुनुको कारण के हो ?

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *