काठमाडौं। सुनको मूल्य मंगलबार घटेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा ६०० रुपैयाँले घटेको मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ ।  सोमबार तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी १३ सय ५० रुपैयाँले कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो । 

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *