बाजुरा:  बाजुरामा एक हुम्लाकी सुत्केरी महिलाको मृत्यु भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा एक जना २३ वर्षिया सुत्केरी महिलाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारी अनुसार हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं ५ डोप्क निवासी अन्सु बुढाको उपचारका क्रममा हिजो राति १० वजे तिर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको बताइएको छ। गत १२ गते ताजाँकोट गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिलता देखिए पछि परीवारले थप उपचारका लागि मदना स्वास्थ्य संस्थामा लगेका थिए । सुत्केरी भएको ११ दिन पछि वुढाको स्वास्थ्यमा श्वासप्रश्वास सम्वन्धि समस्या देखिए पछि थप उपचारका लागि स्वास्थ्य संस्था लगिएको ससुरा जीत बहादुर वुढाले बताए ।

उनले सुत्केरी भए देखिको वुहारी र नातिनिको अवस्था ठिक भए पनि एक्कासि वुहारीले ज्वरो आएको र टाउको दुख्यो भने पछि उपचारका लागि स्वास्थ्य संस्था लगिएको थियो । सुत्केरी अवस्थामै समस्या देखिए पछि स्वास्थ्य केन्द्र पुगेकि वुढाको उपचार सम्भव नहुने भन्दै स्वास्थ्य केन्द्रले सुविधा सम्पन्न ठाउँमा लिन रेफर गरेको थियो । तर सुविधा सम्पन्न ठाउँमा लिन नसके पछि थप उपचारका लागि उनलाई कोल्टी पुर्याईएको ससुरा जीत बहादुरले बताए ।

सोमवार दिउसो स्वास्थ्य केन्द्र कोल्टी पुर्याए पनि उपचारका क्रममा वुढाको राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका डाक्टर रन्जीत शाहले बताए । सुत्केरी अवस्थामा अक्सिजनको मात्रा कम हुदा मृत्यु भएको डक्टर शाहले बताए ।
डाक्टर शाहले सुत्केरी अवस्थामा सामान्य तया अक्सिजनको मात्रा ९५ भन्दा माथि हुनु् पर्ने भए पनि कोल्टी पुग्दा सुत्केरी वुढाको ४९ मात्रै रहेको बताए । सुत्केरी भएको ६ हप्ता सम्म स्याहार गर्नु पर्ने भए पनि उनको स्याहार सुसारमा पनि कमि देखिएको बताए । त्यस्तै समयमा हवाई उद्धार नभएको र उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लिन नसक्दा सुत्केरी वुढाको अकालमा ज्यान गएको स्वास्थ्यकर्मी बताउछन ।

अवस्था जटिल भए पनि सुत्केरी वुढाको समयमा उद्धार हुन सकेको थिएन । हवाई उद्धार गरी थप उपचारका लागि सुविधायुक्त ठाउँमा लिन सकिएको भए ज्यान जोगाउन सकिने डाक्टर शाहको भनाई छ । तर यता नवजात शिशुको अवस्था नर्मल रहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।अक्सिजनको माद्यामबाटै कोल्टीमा उपचार भए पनि अवस्था जटिल हुदा समस्या भएको डिउटीमा रहकी अहेव सम्झना भण्डारीले बताइन् ।

अवस्था जटिल हुदा उपचारका लागि आएकि वुढालाई तत्काल रीफर गरीए पनि परीवारले समयमा उद्धार गर्न नसक्दा यस्तो समस्या निम्तीएको उनको भनाई रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी भए पनि चिसो मौषममा खानपान र स्वास्थ्यमा ध्यान नदिदा मृत्यु भएको स्वास्थ्यकर्मी बताउछन । घरबाट आधा घण्टाको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा सुत्केरी भएको १३ दिन पछि वुढाको स्वास्थ्यमा फेरी समस्या आएको थियो ।घर परीवारको लापरवाहिका कारण स्वास्थ्यमा ख्याल नदिदा र उद्धारका लागि कुनै ठाउँमा पहल नहुदा यस्तो अवस्था निम्तीएको मदना स्वास्थ्य चौकि प्रमुख धनराज ढकालले बताए ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.