काठमाडौं । प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठराष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ ।
नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा हरेक बर्ष हुँदै आएको प्रतियोगिताको यस बर्षको संस्करण नेपाल एपीएफ क्लब (कृष्णमोहन स्मृति भवन) हलचोकमा आयोजना हुने छ ।
प्रतियोगिताका बारेमा बुधबार पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले विभिन्न १० स्पर्धामा प्रतिष्पर्धा हुने जानकारी दिए ।
उनले राष्ट्रिय बरियताको स्पर्धा समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि तथा अन्तर सरकारी सेवा (बहाल तथा निबृत्त) ३५ बर्ष माथि गरि १० विधामा प्रतिस्पर्धा हुने जानकारी दिए ।
कुल ८ लाख, ६५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शीर्ष तीनका खेलाडीहरुले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्ने छन् । यसतै युगल तर्फ पहिलो हुनेले नगद ५५ हजार, दोश्रो हुनेले नगद ३० हजार र तेश्रो हुनेले नगद २० हजार प्राप्त गर्नेछन् । यस्तै ब्वाईज १२ र १९ बर्ष मुनिका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । मिक्स युगल तर्फ प्रथमले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार प्राप्त गर्नेछन् । भेट्रान्स तर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
साथै पत्रकार सम्मेलनमा १२ औं सहवीर स्मृति खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता संघसँग समन्वय गरि आगामी भदौमा सञ्चालन गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

By शिखरडेली

Welcome to our news portal Shikhar Daily's channel. Shikhar Daily is a News Channel where we provide news regarding sports, finance, the stock market, daily news, movie news, and almost all types of news.

Leave a Reply

Your email address will not be published. Required fields are marked *